Saturday, June 6, 2009

चाँगुनारायण

चाँगुनारायणका मन्दिर काठमाडौँबाट ८ माइल पूर्व र भक्तपसरबाट केही माइल उत्तरपट्टि पर्दछ । चाँगुनारायणका प्राङ्गणबाट पाचौँ शताब्दीको नेपालमा राज्य गर्ने राजा मानदेवको तिथिमिथि सहितको अभिलेख पाइएको हुनाले प्राचीन समयदेखि नै च्ााँगुनारायणको मन्दिर यहाँ रहेको थियो भन्ने अड्कल लगाइन्छ । यो नेपाली तले शैलीको उत्कृष्ट नमुनाको रुपमा रहेकाृ छ । यस मन्दिरको वर्तमान स्वरुपले मध्यकालीन वास्तुकलालाई प्रतिनिधित्व गर्दछ । यो मन्दिर चारै कुनामा भएको एउटै जग वा पेटीमाथि बनेको मन्दिर हो । गसका दुई तल्लनहरु छन् । जो सामानुपातिक रुपमा तलको भन्दा मास्तिरको सानो छ । तल्लो तल्ला वर्गाकार रुपमा र गर्भगृहको प्रयोजनका निमित्त निर्माण गरिएको छ । गर्भगृहको मध्य भागमा नारायणको प्रस्तर मूर्ति राखिरएको छ । यस गर्भगृहको चारै दिशामा चार प्रवेशद्वारजस्तो निर्माण गरिएको छ तर पश्चिमपट्टिको प्रवेशद्वार नै मूल प्रवेशद्वार हो । ढोकाको दायाँ बायाँ भागमा गङ्गा जमुनाको मूर्ति स्थापना गरिएको छ । प्रायजसो ढोकालाई पहेंलो रङबाट रङाएको छ । यसको मध्यमा रहेको ढोका मात्र प्रयोजन योग्य छ । बाँकी ढोकाहरु प्रयोजनहीन छन् । प्रयोजन योग्य भएको मध्य ढोकाको शीर्ष भागमा तोरणहरु जडान गरिएको छ । यी तोरणहरु सुनको मोलम्वायुक्त छन् । बिष्णुका दाहिने शेष फणयुक्त सानो तोरणमा लक्ष्मीको मूर्ति कँुदिएको छ भने देब्रेपट्टि अाजली मुद्रामा शेष फणयुक्त तोरणमा गरुडको मूर्ति कुँदिएको छ । मूल ढोका अगाडिपट्टि प्रस्तरबाट बनेको एकजोडी सिहंको मूर्ति राखिएको छ । मन्दिरको उत्तरमुखि ढोका अगाडि भने एकजोडा भेडाका आकार प्रकारका मूर्तिहरु रोखएका छन् । यस ढोकामाथिको तोरणमा राधा कृष्ण र रुक्मिणीका मूर्तिहरु कँुदिएका छन् । मन्दिरको पूर्व ढोका अगाडि एक जोडी शार्दूलको मूर्ति बनाइएको छ । ढोका माथिको तोरणमा लक्ष्मीनारायण र गरुड भएको तोरण रहेको छ । दक्षिण ढोका अगाडि सुँढले कमलको फूल लिएको हात्तीको जोडीहरुको मूर्ति बनाइएको छ । यस ढोकाको तोरणमा गरुडासनको नारायणको मूर्ति र वरिपरि लक्ष्मी र सरस्वतीको मूर्ति रहेको छ । यसैगरी सबै दिशाका ढोकाअगाडिको प्रस्तर िसंढीको बायाँ दायाँ द्वारपालका मूर्तिहरु रहेका छन् ।
चाँगुनारायणको मन्दिर भित्री र बाहिरी गरी दुई तहको गाह्रो बनाई निमोण गरिएको छ । स्थानीय भाषमा यस मन्दिरलाई ुतस्देबलु भनिन्छ । दुई तल्लाको यो मन्दिर छत्र शैलीबाट निर्मित छ । यो मन्दिरको छानामाथि बीच भागमा एउटा ठूलो गजुर छ र त्यसको चारैपट्टि ससाना चारवटा गजुरहरु रहेका छन् । गजुरहरु कमलासनमा बनाएर त्यसमाथि छत्रावली बनाइएको छ । मन्दिरको प्राङ्गणमा पश्चिमतर्फ नतमस्तक मुद्रामा गरुडको भव्य प्रस्तरमूर्ति रहेको छ । यसैगरी यस मन्दिरको आँगनमा नरसिहं त्रिविक्रम वामन विश्वरुप श्रीधर बिष्णु महाबिष्णुआदिका प्रस्तरमूर्तिहरु लगायत छिन्नमस्ताको मन्दिर एवं ७८ पक्तीको राजा मानदेव अभिलेख समेत रहेको छ ।

No comments: