१ माघ २०६२ मा जारी हुने अन्तरिक सविधानले मधेसी समुदायका भावना समेट्न नसक्ने दावी गर्दे मधेसी जनअधिकार फोरमले १४ पुसमै २माघको लागि नेपाल बन्द कार्यक्रमको आयोजना गरिसकेको थियो ।१माघमा अनतरिम सविधान जारी हुनासाथ राजधानीको माइतीघर मण्डलामा भेला भएका फोरमका कार्यकर्ताले संविधानको प्रति जलाएपिछअध्यक्ष उपेन्द्र यादवसहित २८ पक्राउ परे । बस यहि थियो मधेस आन्दोलनले उचाइ हासिल गर्नुको पछिल्लो कारण ।
फोरमको नेपाल बन्द जारी रहेकै बेला ५माघ दिउँसो दुई बजे माओवादी नेता रामकार्कीसहितका कार्यकर्ता चितवनमा आयोजना गरिएकोपार्टीको कार्यकर्ता भेलामा भाग लिन उदयपुरबाट आइरहेका थिए ।त्यतिबेला लाहान बजार फोरमका कार्यकर्ताको नियन्त्रणमा थियो । उनीहरुले टायर बालेर बजार बन्द गराएका थिए । माओवादी नेता कार्कीको टोलीले पार्टीको कार्यक्रममा जसरी पनि भाग लिन जाने भनेपछि बन्द आयोजनकर्ता र माओवादीबीच भनाभन भयो । भनाभन भइरहेको बेला माओवादी कार्यकर्ता चढेको गाडीबाट गोली प्रहार गरिएको थियो ।त्यसपछि लाहान बजारमा कोलाहाल मच्चियो । माओवादीको गोलीबाट स्थानीय मनकामना बोडिड स्कूलमा ९कक्षमा पढ्ने छात्र रमेश महतोकोमृत्यु भयो ।
घटनालगतै ७माघदेखि लाहान बजारमा सरकारी कार्यलयका खासगरि पहाडीमूलका कर्मचारीहरु संशकित हुनथाले । आन्तरिक राजस्व नगरपालिका यातायात व्यवस्था र घरेलु तथा साना उद्योग कार्यलयका कर्मचारीहरु उदयपुरको सदरमुकाम गाईघाट पुगे । आफूहरु लाहानमा बस्न असुरीक्षत भएको गुनासो पत्रकारहरुले सुनाए । उदयपुरका पत्रकारहरुले त्यसलाई समाचार बनाए ।त्यसदिन र भालिपल्ट त्यो समाचार प्रकाशित र प्रसारित गरियो । लाहानका कर्मचारीको भनाइका आधारमा उदयपुरबाट त्यो समाचार प्रवाह गरिएको भए पनि लाहानवासीले आफूहरुले कुनै कर्मचारीलाई त्यस्तो व्यवहार नगरेको भनेर लाहानका पत्रकारमाथि त्यसको आक्रोस पोखे ।त्यो समाचारको विरोधमा मधेसी समुदायका केही मानिसले लाहानका चारवटा सरकारी कार्यलयमा आगो लगाए । यसरी स्थितीले उग्ररुप धारण गरेको पाइन्छ ।
No comments:
Post a Comment