माघ १ गते अन्तरिम संविधानको घोषणपछि सुरु भएको मधेस आन्दोलनका क्रममा माघ २४ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लामा मात्र १९ जना पत्रकारमाथि आक्रमण भयो । पत्रकार महासंघका पाँच कार्यालय र साचार संस्थाहरुमा तोडफोड भयो २३ जना पत्रकारले गम्भीर खालका धम्की र दुव्र्यवहारको सामना गर्नुपर् यो १९ पत्रकारलाई कार्यस्थल छाड्न बाध्य बनाइयो ५३ वटा प्रकाशन बन्द गरिए र साचार संस्थाका १२ वटा सवारी साधन तोडफोड गरिएको । माओवादी जनयुद्धका क्रममा र वि।सं २०६२ साल माघ १९ गते राजा ज्ञानेन्द्रले सक्ता हत्याएपछि नेपाली प्रेसले चरम उत्पीडन सहनुपरेको थियो । त्यो राजनितिक कारणले भएको थियो । राजनितिक कारणले मिडियालाई निसाना बनाइएका उदाहरण धेरै पाइन्छन् तर अधिकारवादी आन्दोलनका क्रममा भएको आक्रमणले प्रेस स्वतन्त्रता र उत्तरदायित्वबीचको अन्तर सम्बन्धमा गहिरो बहसको थालनी गनुपर्ने आवश्यकतालाई औंल्याएको छ । पे्रसमाथिको यो ज्यादतीलाई कुनै हालतमा पनि जायज मान्न सकिन्न र प्रेस स्वन्त्रताको पश्रमा लड्ने जुनसुकै संस्था र व्यत्तिका लागि सह्य हुन सक्दैन । तर यसको विरोध भत्स्रना र प्रतिरोधका धम्कीले मात्र समाधान निकाल्न सकिन्न भन्ने कुरा पनि यस क्रममा नेपाली प्रेस र प्रेस स्वतन्त्रताका पक्षधरलाई सिकाएको पाठ हो । मधेस आनदोलन नेपाली प्रेसका लागि एउटा क्रास बन्यो पत्रकारहरुका लागि ज्यादै स्वदेनशील जोखिमपूर्ण रहन पुग्यो । आन्दोलनले उचाइ लिदै जाँदा प्रेसमाथिको आक्रमण झनै तीव्र भयो । तर यो प्रतिकि्रया मधेस आनदोलनमा मात्र होइन आदिवासी जनजाति दलित तथा अन्य उपेक्षित अधिकारवादी आन्दोलनका गुनासोसँग पनि जोडेर हेनुपर्ने हुन्छ ।
लाहानमा प्रेससको स्थिित
मधेस आन्दोलनको उद्गमस्थल हो । पहिचानको आन्दोलनको यो उद्गमस्थलमा प्रेस विरुद्ध पनि थारै ज्यादती भएनन् । पत्रकारले कुटाइ खाए कार्यक्षेत्रबाट लखेटिए । यसरी लाहानको प्रेस असुरक्षित हँुदै गयो । दिनहुँको बन्द र हड्तालका कारण पत्रिका बन्द गनुपर्ने वाध्यता आइपर् यो । आन्दोलनरत् समूहका धम्कीका कारण उनीहरुले चाहेअनुसारका समाचार दिनुपर्ने बाध्यता थियो । पत्रिकारले आन्दोलनका पक्षमा समाचार नलेखे जे पनि हुनसक्छ भन्ने धम्की दिइन्थ्यो । पत्रिकालाई मात्र होइन पत्रिका छाप्ने प्रेसमा गएर समेत उनीहरुले आन्दोलन विरोधी पत्रिका नछाप्न दबाब दिइरहे । एकातिर बन्द र हड्ताल अर्कोतिर आन्दोलनकारीको दबाबका कारण दोहोरो मारमा परे नेपनलका संचारकर्मीहरु । आन्दोलनकारीको दबाबकै कारण लाहानबाट प्रकाशित पत्रिकाहरु निस्कन सकेन्न र कति त बन्द नै हुनपुगे ।
ल्ाहनमा पीडा भोग्नुपरेका पत्रकारहरु र संाचारकर्मीका नाम
१ मणिलाल विश्वकर्मा,पूर्व साप्ताहिक
२ शिवकुमार गाढीमाई एफएम
३ रामबाबु यादब इमेज च्यानल
४ सन्तोष सुवेदी गोरखापत्र दैनिक
५ विजयकुमार यादव बलान टाइम्स
६ विमल ठाकुर नेपाल वान
७ पवन श्रेष्ठ राजधानी दैनिक
८ देवराज पोखरेल नेपाल समाचारपत्र दैनिक
९ दिनेश्वर गुप्ता सभापति पत्रकार महासंघ सिराहा
१० रामानन्द गुप्ता हिमालयन टाइम्स
No comments:
Post a Comment